साँफेबगर । साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको भेला आज सम्पन्न भएको छ ।
बजार व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा भएको भेलाले महिनाको अन्तिम शनिबार अस्पताल र डेरी पसल बाहेक बजार बन्द हुने निर्णय गरेको छ ।
यहि असार १गतेबाट बजार व्यवस्थापन समितिका सदस्यहरुले अनिवार्य रुपमा सदस्यता नविकरण गर्नुपर्ने र नयाँ सदस्य बन्नका लागि पनि तत्काल आवेदन खुला गरिने भएको छ ।
पुरानो सदस्यता नविकरणका लागि हाल सम्मको जम्मा रु .५०० शुल्क लाग्ने छ ।
बजार व्यवस्थापन समितिमा आवद्ध सदस्यहरुले मासिक रूपमा रु.५० रुपैयाँ लेवी तिर्नुपर्ने ,बजार बन्दको दिन पसल खोले रु ५०० र सरसफाइ कार्यक्रममा सहभागी नहुने सदस्यले रु.३०० जरिवाना तिर्नुपर्ने , लगायतका निर्णयहरु गरिएका छन ।
बजार भित्र रहेका नाली सरसफाइ तथा पुनः निर्माण , बजार बत्ति मर्मत र यातायातमा अवरोध हुनेगरी निर्माण गरिएका बजार भित्रका सडकमा रहेका संरचना हटाउने सम्बन्धमा स्थानीय सरकार र साँफेबगर नगरपालिकासंग समन्वय गरिने अध्यक्ष रामबहादुर कुँवरले बताउनुभयो ।