महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी


पैरवी खबर

महालक्ष्मी लाईफ इन्स्योरेन्स क.लि.उप शाखा कार्यालय साँफेबगर अछामदद्वारा बान्निगढी जयगड गाउँपालिका वार्ड न. ३ बस्ने रेबन्त बहादुर साउद्को मृत्यु दाबिको रकम रु २लाख बिमितले ईच्छाईका छोरा अनमोल साउदका संरक्षक बिमितका श्रीमति श्री मिट्ठु देवी साउदलाई हस्तान्तरण गरिएको छ ।

बिमित रेबन्त साउदको महालक्ष्मी लाईफ ईन्सुरेन्स उप शाखा कार्यालय साँफेबगर अछामबाट महालक्ष्मी जीवन हेरचाह बिमायोजना पोलिसी जारी भएको थियो।
बिमितका ईच्छाईका उनका छोरा अनमोल साउदको अबको १४ बर्ष सम्ममा आर्थिक संरक्षण महालक्ष्मीलाईफले लिने भएको छ ,जस अनुसार तत्काल रु २ लाख अबको १४ बर्ष सम्ममा पप्रत्येक ३ महिनाको एक चोटि ५ हजारका दरले ५६ पटक मिलाएर दुई लाख ८०हजार र समय अवधी समाप्तिमा बिमाङ्क रु दुई लाख र एक बर्षको आर्जित बोनस १० हजार गरि जम्मा रु ६ लाख ९० हजार बराबरको दाबी प्राप्त गर्ने भएका छन ।

बिमितको घरमा पुगि उप शाखा प्रबन्धक मनिषा रावल र नि. वर्तमान उपशाखा प्रबन्धक टिकाराम साउद र एजेन्सी म्यानेजर राकेश साउदले संयुक्त्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।