बैशाख १, अछाम
रेडियो जनप्रिय एफएमको आयोजनामा नयाँ वर्ष २०८० सालकोे शुभकामना आदनप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । सामुदायीक संञ्चार विकास तथा अध्ययन केन्द्रद्धारा संञ्चालित रेडियो जनप्रिय एफएमका कार्वाहक अध्यक्ष जानकी वोहराको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर रहनुभएको थियो । शुभकामना आदनप्रदान कार्यक्रममा वोल्दै समन्वय प्रमुख कुँवरले रेडियो जनप्रिय एफएमले विकास निर्माणका कार्यदेखि जनप्रतिनिधिलाई जिम्मेवार बनाउने काम गदै आएकोमा बताउनुभयो । विकास र सुशासनमा जनप्रिय एफएमले महत्वपुर्ण भूमिका खेलेको उहाँको भनाई रहेको छ । यस्तै समन्वय प्रमुख कुँवरले जिल्ला समन्वय समितिले शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ योजनाका साथ अघि बढ्नको लागि योजना बनाईसकेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले रेडियो जनप्रिय एफएमले समय सुहाउदो कार्यक्रम सञ्चालन गर्दै आएको धारणा व्यक्त गर्नुभयो । उहाँले महिलाको हक अधिकारीको लागि तिज विशेष कार्यक्रम देखि शिक्षा क्षेत्रमा पनि नयाँ कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभएको छ । उहाँले रेडियो जनप्रिय एफएमले स्थानीय भाषा, परम्परा र संस्कृतीको उठानमा सहयोग गर्दै सञ्चार क्षेत्रको विकास र प्रर्वद्धन गर्नु पर्नेमा सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका पूर्व पार्टी सभापति भरत कुमार स्वाँरले रेडियो जनप्रिय एफएमका कार्यक्रम लोकप्रिय रहेको धारणा व्यक्त गर्नुभयो । आफू अन्य एफएम भन्दा जनप्रिय रेडियो नै दैनिक रुपमा सुन्दै आएको बताउनुभयो । सामाजिक रुपान्तरणमा जनप्रिय एफएमले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो । आगामि दिनमा सत्य तथ्य समाचार कार्यक्रम प्रसारण गर्नको लागि सुझाव दिनुभयो ।
एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवंम साँफेबगर नगरपालिकाका निवर्तमान नगर प्रमुख कुलबहादुर कुँवरले जनतामाझ लोकप्रिय रहेको रेडियोले आफ्नै घर निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नको लागि सुझाव दिनुभएको छ । रेडियो जनप्रिय एफएमको घर निर्माणको लागि सवैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य देवबहादुर कुँवरले गरिव, बिपन्न र विभिन्न अवसरबाट वञ्चित समुदायका आवाज उठाउन जनप्रिय एफएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समाज परिर्वतनका लागि जनप्रिय एफएमको महत्वपूर्ण भुमिका रहेको बताउनभयो ।
साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोजले शिक्षा देखिएका समस्यालाई जनप्रिय एफएमले उठान गर्नुपर्नमा जोड दिनुभएको छ । शिक्षाविद एव्म वौद्धिक व्यक्ति धोवबहादुर कुँवरले रेडियो जनप्रिय एफएमले सञ्चालन गरेका सम्पूर्ण कार्यक्रम लोकप्रिय रहेको धारणा व्यक्त गर्नुभयो । आफू जनप्रिय एफएमले सञ्चालन गर्न समाचार मुलक कार्यक्रमदेखि मनोरञ्जनात्मक सम्पूर्ण कार्यक्रम नछुटाई सुन्ने गरेको बताउनुभयो । सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण भूमीका निर्वाह गरेको रेडियो स्तउन्नतीको लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवरले आर्थिक रुपमा पछाडि परेका समुदायको हक अधिकारका वारेमा आवाज उठाउनको लागि सुझाव दिनुभयो । सहभागिले नागरिकको सचेतना वृद्धि ,सामाजिक जागरण, सुशासन र बिकासमा निर्माणका विषयमा आवाज उठाउनको लागि सुझाव दिएका थिए । भकामना आदन प्रदान कार्यक्रममा पाँच वर्षसम्म रेडियो जनप्रिय एफएममा प्राविधिक प्रमुख तथा कार्यक्रम सञ्चालन भएका मेनुका कुँवरलाई सम्मान सहित बिदाई गरिएको थियो ।
शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य रुपा आउजी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य वालगिरी कुँवर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढा, महाधिवेशन प्रतिनिधि अप्सरा स्वाँर, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रअ, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो । रेडियो जनप्रिय एफएमका शेयर सदस्य कृष्ण विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन तथा सहजिकरण रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले गर्नुभएको थियो ।