हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि बन्द खुल्ला


पैरवी खबर

हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि बन्द खुल्ला

चैत्र २९ अछाम
वसको ठक्करबाट मृत्यु भएका हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि पाँच दिन अघिबाट गरिएको बन्द खुल्ला भएको छ । जिल्ला प्रशासन कार्यालय मंगलसैनमा पिडित पक्ष, सुदुरपश्चिम वस व्यवसायी समतिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा भएको सम्पूर्ण खर्च वेहोर्न र हेमराजका श्रीमतीलाई वस काउन्टरमा जागरि दिने सहमति भएको साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वरका वडा अध्यक्ष कुलबहादु कुँवरले जानकारी दिनुभएको छ ।
यस्तै हेलिकप्टर मार्फत काठमान्डौं लैजान लागि भएकको खर्च पनि सुदुरपश्चिम वस व्यवसायीले वेहोर्ने भएको छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको थियो । सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडीले हेमराजलाई ठक्कर दिएको थियो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।
यस्तै बसको ठक्करबाट घाइते भएर उपचारको क्रममा निधन भएका युवकको उपचारमा संलग्न भएका डाक्टर र स्वास्थ्यकर्मीमा छानविन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले गृह मन्त्रालयमा पत्र पठाएको छ। साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको उपचारमा संलग्न स्वास्थ्यकर्मीको आवश्यक छानविन प्रक्रियाका लागि गृह मन्त्रालयमा लेखि पठाउन साँफेबगर नगरपालिकाले अनुरोध बमोजिम गृह मन्त्रलायमा पत्र पठाइएको हो ।
पत्रमा नेपालगञ्जमा रहेको वेस्टर्न अस्पताल प्रशासन र स्वास्थ्यकर्मीका कमीकमजोरीका विषयमा जाँचबुझ गरी आवश्यक कानुनी प्रक्रिया अबिलम्ब गर्न आवश्यक समेत देखिएकोले जाँचबुझ समिति गठन गरी मृतकका आफन्त तथा पीडित पक्षको माग सम्बोधन गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको हस्ताक्षरित अनुरोध पत्रमा गृह मन्त्रालयका सचिवलाई अत्यन्त जरुरी भनेर जाँचबुझ समिति गठन गर्न माग गरिएको छ ।
साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई चैत १९ गते सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक बसले ठक्कर दिएको थियो। सोही दुर्घटनामा पर्नुभएकी सरस्वती पनि उपचारका क्रममा हुनुहुन्छ ।