एकेन्द्र महता
साँफेबगर ।
अछाम जिल्लाको साँफेबगर नगरपालिकाका भुकम्प प्रभावितलाई राहत सामाग्रि वितरण गरीएको छ। साँफेबगर नगरपालिकाको समन्वयमा नगरपालिकाका सबै वडामा रहेका भुकम्प प्रभावितलाई युकेएआईडी, स्टार्ट फण्ड नेपाल, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क नेपाल) को आर्थिक सहयोगमा राहत सामाग्रि वितरण गरीएको हो।
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क नेपाल) द्धारा जोखिममा रहेका समुदाय र घर परिवारको आपतकालीन आवश्यकता सम्बोधनका लागि प्रतिकार्य परियोजना अन्तर्गत नगरपालिकामा भूकम्पबाट अति प्रभावित ५० वटा घरधुरीलाई प्रति घरधुरी आठ हजार दुई सय रुपैयाँ बराबरको न्यानो कपडा, ७० वटा घरधुरीलाई प्रति घरधुरी दश हजार रुपैयाँ बराबरको आवास सामग्री, ८० वटा घरधुरीलाई प्रति घरधुरी बाह्र हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरीएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क नेपाल) का परियोजा अधिकृत हिरेन्द्र बहादुर कुँवरले जानकारी दिनु भएको छ।
यस्तै उक्त भुकम्प प्रभावित घरधुरी मध्येका एक सय जनालाई प्रति व्यक्ति एक हजार पाँच सय रुपैयाँ बराबरको पोषण खाद्य सामग्री र किशोरी, युवती र महिलालाई लक्षित गरी एक सय जनालाई प्रति व्यक्ति एक हजार पाँच सय रुपैयाँ बराबरको महिनावारी स्वच्छता सामग्री सम्बन्धित लाभग्राहीहरुलाई वितरण गरिएको जनाईएको छ।
नगरपालिकाका प्रत्येक वडाका १५/१५ जना भुकम्प प्रभावितलाई उक्त राहत सामाग्रि उपब्ध गराईएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क नेपाल) का परियोजना अधिकृत कुँवरले जानकारी दिनु भएको छ।