नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको आयोजनामा २८ औं महान जनयुद्ध दिवस ठाटीमा सम्पन्न भएको छ।
मेल्लेख गाउँपालिका कमिटी उपाध्यक्ष दानबहादुर बुढाको अध्यक्षतामा भएको जनयुद्ध दिवस कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य अर्जुन धामी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य धामीले जनयुद्धको वलमा नेपालमा संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्र र सघियताको स्थापना भएको धारणा व्यक्त गर्नुभयो ।उहाँले अहिलेको परिवर्तनलाई संस्थागत राजनीति नेतृत्वले ईमान्दारिता देखाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम विशिस्ट अतिथी प्रदेश कमिटी सदस्य गाउँपालिकाका ईन्चार्ज भिम बुढा सुवासले समावेशीता लगायतका प्रगतिशील राजनीतिक मुद्दाको मुल नेतृत्वकर्ता माओवादी पार्टी नै भएको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँ कमिटी अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष ज्वाला साउदले सहिदको सम्मानको लागि मेल्लेखमा युद्ध पर्यटन पार्क, १७ जना सहिद परिवारलाई गाउँपालिकाबाट भत्ताको व्यवस्था गरिने बताउनुभयो । उहाँले सहिद परिवारका लागी गाउँपालिकाले छुट्टै मझौला उद्योग स्थापना गर्ने तयारी गरिरहेको धारणा व्यक्त गर्नुभयो । सहिद परिवालाई भुकम्प रहित घर निर्माणको प्रक्रियामा पनि अघि बढाईने बताउनुभयो ।
जनयुद्ध दिवसमा १७ जना सहिद परिवारलाई सम्मान समेत गरिएको छ । यस्तै जनयुद्ध दिवस अवसरमा जनयुद्धका सहिद सुरेन्द्र शाहको फोटोमा माल्यापर्ण उनको सम्झनामा पिपल चौतारो पनि निर्माण गरिएको छ । २८ औं महान जनयुद्ध दिवस कार्यक्रममा प्रदेश कमिटी सदस्य टंका विक, बालाराम उपाध्याय, अनेरास्ववियु क्रान्तिकारिका लेखा सचिव गम्भीर साउद,जिल्ला कमिटी सदस्य विरबहादुर साउद,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य तपेन्द्र कुँवर, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव मनिराज महर राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला उपाध्यक्ष तपेन्द्र साउद , वाईसीएलका केन्द्रिय सदस्य रमेश रावल , सहिद परिवारका तर्फबाट रुपबहादुर शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा नं ४ का कुष्टकोटका ईन्चार्ज कर्ण साउद साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सन्चालन गाउँपालिका कमिटी सचिव गोरख धामिले गर्नुभएको थियो । यस्तै साफेबगर र रामारोशन गाउँपालिकामा पनि २८ औ महान जनयुद्ध दिवस भब्यताका साथ सफल पारिएको छ ।