प्रभा धम्कोटमा हुने महायज्ञको तयारी तीब्र


पैरवी खबर

साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माबिमा आयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी तिब्र पारिएको छ । यहि चैत ८ गतेदेखि सचालन हुने महायज्ञको तयारी गर्न आर्थिक उपसमितिको बैठक आज सम्पन्न भएको हो । बैठकले महायज्ञ सफल पार्नका लागी आर्थिक संकलन गर्न सिद्धेश्वर स्थायी ठेगाना भएका हाल बिदेशमा बसोबास गर्दे आईरहेका बिभिन्न व्यक्तिहरुलाई संयोजक तोकेको छ । बैठकले जापानका लागी लोकेन्द्र कँवर,अमेरिका भरत कँुवर,बेलायत बिक्रम कुँवर,अष्टेलिया राजेन्द्र कुँवर,जर्मनका लागी घनश्याम कँुवर,दुवईका लागी त्रिदेव कुँवर,डेनमार्क युवराज कुँवर,कोरिया सुनिल कुँवर,मलेसिया महेन्द्र कुँवरलाई संयोजक तोकेको छ । बैठकले जिल्ला बाहिरका लागी समन्वय र आर्थिक संकलनका लागी समितीका साथै जिल्ला भित्र प्रचार प्रसार समिति गठन गरेको छ । महायज्ञमा ५ लाख भन्दा माथी दान गर्नेलाई महादानी, तिन लाख देखि ४ लाख ९९ हजार ९ सय ९९ रकम दान गर्नेलाई उपदानी र एक लाख ५१ हजार देखि २ लाख ९९ हजार ९ सय ९९ सय दान गर्नेलाई दानीको उपमा दिईने बैठकले तय गरेको छ । बैठकले एक लाख माथी एक पुस्ताको नाम,२५ हजार माथी दुई पुस्ते,५० हजार माथी तिन पुस्तेको नामावली उल्लेख गर्ने जनाएको छ । तुलादान भसमि दान र एक लाख दान गर्नेलाई दातालाई सम्मान गर्ने र महायज्ञका एक हजार ५ सयमा कलश हस्तान्तरण गर्ने उल्लेख गरेको छ । बैठक आर्थिक उपसमिति सयोजक कृष्ण कुँवरको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता आकाश कुँवरले जानकारी दिनु भयो ।