साँफेबगर -बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड साँफेबगर अछामको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका संचालक समिति सदस्य अप्सरा कुँवरको प्रगति प्रतिवेदन प्रस्तुत अनुसार : सहकारीमा १ सय ४ जना शेयर सदस्यहरु रहेको यस सहकारीमा हाल सम्म करीब ३५ लाख ३ हजार ५ सय शेयर पुजी र ३८ लाख , ४६ हजार ६ सय ५९ बचत रहेको र लगभग २० लाख कोषको रुपमा पुजी संकलन भएको देखिएको छ ।
शुरुमा २५ हजार रु.२५ हजारमा खरिद गरेको शेयरको अधिकतम मुल्य रु.४५ हजार पुगेको छ भने ८९ लाख १३ हजार ६ सय ५० रुपैयाँ सदस्यहरुका बीच कर्जा लगानी भएको छ ।
साधारण सभामा असल बचतकर्ता रुप बहादुर बोहरा , अप्सरा कुँवर , सबै भन्दा बढी रकम बचत गर्ने बचतकर्ता प्रेम विक , सबैभन्दा बढी शेयर खरिद गर्ने संस्थाका अध्यक्ष दीर्घ ठकुल्ला , सहकारीमा असल कारोबार गर्दै आउनुभएका शेयरकर्ता रुद्र बहादुर कुँवरलाई सम्मान -पत्र सहित सम्मान गरिएको छ ।
सहकारीका अध्यक्ष दीर्घ ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा पूर्व राज्य मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो ।
साधारण सभामा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर विशिस्ट अतिथि ,उप प्रमुख शिव बहादुर कुँवर शिलोज , नगरपालिकाका प्रवक्ता मक्कर कुँवर , वडा अध्यक्ष नवराज बुढा , हिक्मत कडायत , ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख दिपक मगराठी , समाजसेवी बालगिरी कुँवर, ढकेन्द्र कुँवर, मान बहादुर कुवर , अतिथि रहनुभएको थियो ।
साँफेबगर स्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
राजेन्द्र सुनारले स्वागत मन्तव्य राख्नुभएको साधारण सभाको संचालन सचिव बल के. सी.ले गर्नुभएको थियो ।