स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटन प्रवर्द्धन का लागि साँफेबगरमा पाँचौं महोत्सव आयोजना हुने भएको छ ।
साँफेबगर वजार व्यववस्थापन समिति र एयरर्पाट वजार व्यवस्थापन समितिको सयुक्त आयोजनामा माघ २४ गतेदेखि फागुन १ गते सम्म साँफेबगरको भैरवथानको मैदान महोत्सव आयोजना हुन लागेको छ ।
महोत्सव आयोजनाको लागि साँफेबगर बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज कुँवरको अध्यक्षतमा १ सय ३० सदस्सीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।
मुल समारोह समितिको उप संयोजक एयरर्पाट वजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर, महासचिव व्यवसायी हिक्मत कुँवर, कोषाध्यक्ष अप्सरा कुँवर, सचिव नवराज वुढा र अशोक कुँवरलाई चयन गरेको छ ।
यस्तै महोत्सवलाई सफल पार्नको लागि १४ वटा उप समिति गठन गरिएको महासचिव व्यवसायी हिक्मत कुँवरले जानकारी दिनुभएको छ । आर्थिक व्यवस्थापन उपसमितिको संयोजक महासचिव हिक्मत कुँवर, सडक व्यवस्थापन उपसमितिको संयोजक सुरत कुँवर, स्टल व्यवस्थापन उपसमितिको संयोजक रेवन्त कुँव, मंच व्यवस्थापन उपसमितिको संयोजक भरत खड्का, होटल व्यवस्थापन उपसमितिको संयोजक प्रदिप केसीलाई जिम्मेवारी दिएको छ ।
यातायात व्यवस्थापन उपसमितिको संयोजक अनिल कुँवर, समन्वय व्यवस्थापन उपसमितिको संयोजक हेमराज कुँवर, अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजक कृष्ण कुँवर, स्टेश्नरी व्यवस्थापन उपसमितिको संयोजक डण्डिराज भट्ट, टिकट व्यवस्थापन उपसमितिको संयोजक गौतम कुँवर, स्वयमसेवक व्यवस्थापन उपसमितिको संयोजक लक्ष्मण कुँवर, प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजक तपेन्द्र कुँवर, सांस्कृतिक व्यवस्थापन उपसमितिको संयोजक जीत वहादुर निशानी र खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमितिको संयोजक हेम महरलाई जिम्मेवारी दिएको महासचिव कुँवरले जानकारी दिनुभएको छ ।
महोत्सवमा सुदुरपश्चिमको देउडा, न्याउले, भुवो, हुड्केली लगायत राष्ट्रिय कलाकारहरुका प्रस्तुतिहरु बिशेष आर्कषणका रुपमा रहनेछन ।