सरस्वती पुजाको अवसरमा साँस्कृतिक झलक प्रदर्शन गरिने


पैरवी खबर

प्रभा धम्कोट मा.वि. द्वारा चैत्र ८ गतेदेखि १४ गते सम्म संचालन हुन गइरहेको ” सप्ताह ज्ञान महायज्ञ ” मुल आयोजक समितिको बैठक आज सम्पन्न भएको छ ।

मुल आयोजक समिति संयोजक मोहन बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा ” सप्ताह ज्ञान महायज्ञ ” को पूर्व तयारीकोलागि माघ १२ गते प्रभा धम्कोट मा.वि .मा सरस्वती पुजाको प्रसाद ग्रहण र ” सप्ताह ज्ञान महायज्ञ ” का प्रमुख वाचक युवा कथावाचक श्री विजयमुर्तिजी महाराज सुन्दरमणी अधिकारी ( काठमाडौ ) को साक्षात परिचयात्मक कार्यक्रम व्यापक रुपमा सफल पार्न साँफेबगर नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधि ,जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालय र समाजसेवीहरुलाई निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुका विभिन्न सांस्कृतिक कार्यक्रम र स्थानीय महिलाहरुको वडा स्तरीय पुरस्कार सहितको प्रतिस्पर्धात्मक न्याउले खेलको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

प्रधानाध्यापक जोगराज कुँवरले संचालन गर्नुभएको बैठकमा विभिन्न उप समितिका संयोजक,जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका सदस्य ,अभिभावकहरुको सहभागिता रहेको महायज्ञ मुल समितिका प्रवक्ता आकाश कुँवरले जानकारी दिनुभयो ।