२८ पौष २०७९- साँफेबगर ।
विएससी कृषि संचालन गर्ने उद्देश्यले चैत्र ८ गतेदेखि १४ गते सम्म प्रभा धम्कोट मा.वि द्वारा आयोजना हुने ” सप्ताह ज्ञान महायज्ञ ” को बैठक आज सम्पन्न भएको छ ।
सप्ताह ज्ञान महायज्ञका संयोजक मोहन बहादुर कुँवर को अध्यक्षता र विभिन्न उपसमितिका संयोजकहरुको उपस्थितिमा भएको बैठकमा “सप्ताह ज्ञान महायज्ञ ” को मुख्य वाचकको रुपमा युवा कथावाचक श्री विजयमुर्तिजी महाराज सुन्दरमणी अधिकारीजी( काठमाडौं ) लाई निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।
साथै उहाँको साक्षात परिचयात्मक कार्यक्रम माघ १२ गते सरस्वती पुजाको दिन विद्यालयको प्रांगणमा गरिने भएको छ ।
बैठकमा प्रधानाध्यापक जोगराज कुँवरले महायज्ञ संचालनको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।
महायज्ञ सभ्य र भब्य रुपमा संचालन गर्न तीब्र तयारी भइरहेको महायज्ञका प्रवक्ता आकाश कुँवरले जानकारी दिनुभयो ।