पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस साँफेबगरमा मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कमिटी साफेबगर अछामको आयोजनामा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०१ औं जन्म जयन्ती उहाँको तस्बिरमा अबिर माल्यार्पण गरि मनाइएको हो ।
वि.सं.१७७९-१८३१) शाहवंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।
उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर संयोजक सन्तोष कुँवरको अध्यक्षतामा भएको अबिर माल्यार्पण कार्यक्रममा राप्रपाका पूर्व केन्द्रिय सदस्य ईश्वरराज सुवेदी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य बालगिरी कुँवर ,नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरिण्ड कुँवर, चक्र सुनार, कमल ओड , नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य सुरत कुँवर, नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर , साँनपा -५ वडा अध्यक्ष मक्कर कुँवर , साँनपा ४ वडा अध्यक्ष नवराज बुढा ,नेकपा एमाले मस्टामाण्डौ वडा कमिटी अध्यक्ष राजेन्द्र कोली , नेकपा माओवादी केन्द्र नगर कमिटी सदस्य मान बुढा , अखिल क्रान्तिकारीका रविन्द्र साउँद , नागरिक उन्मुक्ति पार्टीका आशाराम चौधरी ,साँफेबगर एयरपोर्ट बजार ब्यवस्थापन समिति सचिव नवराज बुढा , कराते प्रशिक्षक विएस ओड ,युवा व्यवसायी खेमराज कुँवर लगायतको सहभागिता रहेको थियो ।
राप्रपाका साँफेबगर नगर कमिटी सदस्य चेतराज कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन राप्रपाका नेता खडक बुढाले गर्नुभएको थियो ।