२४ पुष २०७९, साँफेबगर ।
विद्यालयको शैक्षिक स्तरोन्नतिकालागि प्रभा धम्कोट मा.वि.ले चैत्र ८ गतेदेखि १४ गते सम्म ” सप्ताह ज्ञान महायज्ञ ” संचालन गर्ने भएको छ ।
महायज्ञ मुल आयोजक समिति संयोजक मोहन बहादुर कुँवरको अध्यक्षतामा बसेको प्रथम बैठकमा महायज्ञ सफल र भब्यरुपमा संचालन गर्नकालागि १३ ओटा विभिन्न उप- समितिहरु गठन गरिएका छन । जसमा : –
आर्थिक समिति संयोजक – कृष्ण बहादुर कुँवर ,यातायात व्यावस्थापन समिति संयोजक – नृप बहादुर कुँवर ,उप-संयोजक – सतिश कुँवर,खरिद समिति संयोजक – रमेश बहादुर कुँवर,मंच व्यावस्थापन समिति संयोजक -रंग बहादुर ठकुल्ला,
अतिथी सत्कार समिति संयोजक – कृष्ण बहादुर बुढा, कलश यात्रा समिति संयोजक – सरिता केसी (कुँवर ),पुजा सामाग्री व्यावस्थापन समिति संयोजक – देवराज सुवेदी, भोजन व्यावस्थापन समिति संयोजक – खेमराज कुँवर, बाह्य समन्वय समिति संयोजक – प्र.अ. जोगराज कुँवर ,स्टोर व्यवस्थापन समिति संयोजक -सहायक प्र.अ. रतनराज रेग्मी,स्वयंसेवक समिति – संयोजक – लक्ष्मण कुँवर,पन्चेबाजा व्यवस्थापन समिति संयोजक – मीन आउजी,
प्रचार-प्रसार समिति संयोजक – पत्रकार गिता कुँवर रहेका छन ।
बैठकमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि र नगर उप-प्रमुख शिव बहादुर कुँवर ( शिलोज )विशिस्ट अतिथि रहनु भएको थियो ।
उहाँहरुले: विद्यालयले गर्न लागेको सप्ताह ज्ञान महायज्ञ विद्यालय र समाज विकासकोलागि एकदमै सकारात्मक पक्ष रहेको जिकिर गर्दै स्थानीय सरकार र आफ्नो तर्फबाट हुने सहयोगकोलागि सदैव तत्पर रहेको बतानु भयो ।
बैठकमा साँ. न. पा. २ का वडा अध्यक्ष सेतबहादुर कुँवर, साँ.न.पा.३ जनप्रतिनिधिहरु ,जेष्ठ नागरिक, छिमेकी वडा बुढाकोट र घुघुरकोट समाजसेवी बुद्धिजीवी , लगायत अन्य सरोकारवाला,अभिभावक हरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक जोगराज कुँवरले स्वागत मन्तव्य राख्नुभएको बैठकको संचालन सहायक प्र.अ.रतनराज रेग्मीले गर्नुभएको ,” सप्ताह ज्ञान महायज्ञ ” का प्रवक्ता आकाश कुँवरले जानकारी दिनुभयो ।