अछामको मेल्लेख गाउँपालिकामा मेल्लेखका अगुवा कृषक हरुकालागि ३ दिने तालिम आज देखि सरु भएको छ ।
मेल्लेखमा कृषक हरुलाई कृषिबाट आत्मनिर्भर बनाउन र व्यावसायिक रुपामा कृषि पकेट क्षेत्रकै रुपमा कार्यक्रम बिस्तार गर्न तालिमको आयाेजना गरिएकाे हाे ।
तालिम मेल्लेख गाउँपालिका कृषि विकास शाखाकाे आयाेजनामा भएको हाे। मेल्लेख गाउँपालिका कृषि विकास शाखा प्रमुख मदन साउदकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थियो ।
साउदले तालिम उद्घाटन पछि बाेल्दै पुराना परम्परागत खेती प्रणालीलाई अधुनिकरण गर्ने समुहगत ब्यक्तिगत फर्म मार्फत कृषि कार्यक्रम सुरुवात गरिने बताएका छन । कृषिलाई व्यवसायीकरण गर्न कृष प्रणालीलाई आधुनिकरण गर्दै लैजाने व्यवस्थापनकाे पाटाे बलियाे बनाएर लैजाने बताएको छ ।
यसकाेलागि सयम कृषक हरुले इच्छाशक्ति चासाे देखाएर प्रतिफल प्राप्त गर्न सक्रियता देखाउनुपर्ने बताए ।
यस्तै तालिम उद्घाटनका बिशिस्ट अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले तालिम पश्चात् साच्चिकै कृषक भएर तालिममा सिकेका कुरा व्यावहारमा लागु गर्नुपर्ने बताएका छन । तालिममा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ठकुल्लाले कृषि उत्पादन बाट नै पाेषण मैत्री पालिका बनाउन सकिने बताएका छन ।
तालिम उद्घाटनकाे संचालन कृषि बिकास शाखाका कृषि प्राविधिक प्रेम बुढाले गर्नु भएकाे थियाे ।तालिमकाे सहजिकरण कृषि विकास शाखाका लाेकन्द्र साउद र सुमन चाैधरीले गरिरहेका छन । तालिममा मेल्लेख का ३० जना अगुवा कृषकहरुको सहभागिता रहेकाे छ ।