खेमराज बुढा, अछाम, ११ पुष २०७९
विश्व सर्वहारा बर्गका नेता, साम्राज्यवाद र सामन्तवाद विरोधी क्रान्तिका मार्गदर्शक, महान् सर्वहारा साँस्कृतिक क्रान्तिका प्रवर्तक, द्धन्द्धात्मक एवम् ऐतिहासिक भौगोलिकवादी विश्व दृष्टिकोणका नायक र जनवादी गणतन्त्र चिनका महान् नेता माओत्सेतुङको १३० औं जन्म जयन्तीको शुभ अवसरमा शुभकामना आदान प्रदान सहित नेपाल कम्युनिस्ट पार्टी अछामले विभिन्न रचनात्मक कार्यक्रम गरि मनाएको छ ।
१३० औं माओको जन्म जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी अछामको आयोजनामा महेन्द्र माध्यमिक विधालयका सुस्त श्रावण स्रोतकक्षमा अध्ययनरत १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव तपेन्द्र सि, महेन्द्र मा.वि.का प्रधानाध्यापक कालुसिंह बोहरा ,अखिल क्रान्तिकारी अछामका जिल्ला अध्यक्ष दिपेन्द्र सि, जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य खेमराज सि, बान्निगढी पार्टी सदस्य किरण सि लगायत शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो।
कार्यक्रममा जिल्लाको पन्चदेवल बिनायक नगर पालिकामा अवस्थित श्री बिद्यामन्दिर नमुना माध्यमिक विद्यालय बिनायकका बौद्धिक अपाङ्गता स्रोतकक्षामा अध्ययनरत ९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला सदस्य तथा नगर इन्चार्ज सुरेश रावतको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टि अछामका जिल्ला सचिवालय सदस्य सज्जन सि रहनु भएको थियो । विशिष्ट अतिथि बिद्यामन्दिर मा बि का पुर्ब प्र.अ तथा जेष्ट नागरिक बिर ब शाही , प्र अ पहल सिंह नेपाली सहित शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अखिल क्रान्तिकारी बिद्यामन्दिर ईकाई कमिटी उपाध्यक्ष जनक बिकले गर्नुभयको थियो।
आजै सम्पन्न तुर्माखाद गाउँ कमिटीको आयोजनामा आयोजित ‘समाजवादी देउडा प्रतियोगिता’ कार्यक्रम तुर्माखाँद गा.पा.वडा नं.८ को कार्यालय धमाली प्राङ्गणमा सम्पन्न भएको थियो । पालिकाका सचिव नमराज सिको अध्यक्षतामा भएकाे कार्यक्रमको प्रमुख अतिथिमा पार्टी केन्द्रीय सदस्य मिना सि रहनु भएको थियोे ।
प्रमुख अतिथिले विश्व समाजवादी क्रान्तिका लागि माओको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो।अन्य अतिथिमा पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य निरक सि, पार्टी जिल्ला सल्लाहकार समिति सदस्य झंकर सि, पालिका इन्चार्ज तिलक सि, क.न.पा.पार्टी कमिटी इन्चार्ज पदम सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य प्रदिप सि त्यस्तै जन-प्रतिनिधिको तर्फबाट कार्यवाहक वडा अध्यक्ष केशब ब. बिष्ट र अन्य राजनीतिक दलबाट नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि मिन ब.बिष्ट,नेकपा एमाले पार्टी प्रतिनिधि खकेन्द्र जैसी,नेकपा माओवादी पार्टी प्रतिनिधि भिम ब.बिष्ट,नेकपा एकिकृत समाजवादी पार्टी प्रतिनिधि प्रकाश धमाला, शिक्षकहरुको तर्फबाट सिद्धेश्वर मा.वि.सह- प्रधानाध्यापक जनक शाही सहित जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
युवा संगठन नेपाल अछामका नेता गोकुल सिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन युवा संगठन नेपाल अछामका जिल्ला संयोजक कुमार सिले गर्नु भएको थियो।
यस्तै ढकारी गाउँ कमिटिको आयोजनामा “समाजवाद” प्राप्तिका लागि विधार्थिको भुमिका विषयक वकतृत्वकला प्रतियोगिता कार्यक्रम कालिकादेवी मा.वि. हिच्मामा सम्पन्न भएको थियो। गाउँ कमिटी सचीव दर्शन सिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती पार्टी जिल्ला सचीव लोकेन्द्र सि रहनु भएको थियोे ।
अन्य अथितिमा अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य रमेश सि,कालिका देवि मा.वि. का सहायक प्रधानाध्यापक बम ब.बुढा लगायतको उपस्थिति रहेको थियो।दस जना प्रतिस्पर्धि रहेको कार्यक्रममा प्रथम बिजय साउद , द्वितीय हेलिना बुढा, तृतिया घनश्याम शाही भएका थियोे ।सबै जनालाई पुरस्कार समेत वितरण गरिएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारी जिल्ला सचिव योगेन्द्र सिले गर्नु भएको थियोे ।।