साँफेबगर लगायत अछामका विभिन्न ठाउँमा ‘क्रिसमस डे’ मनाईयो


पैरवी खबर

साँफेबगर :इसाई धर्मका संस्थापक येसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आइतबार अछामका विभिन्न ठाउँमा ‘क्रिसमस डे’ मनाईएको छ। नेपाल सहित विश्व भरका क्रिश्चियन धर्मावलम्बीहरूले आइतबार क्रिसमस डे पर्व मनाईएको हो।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस हुन्। दुई हजार वर्ष अघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ।

येशु उदार शान्ति मुक्ति र एकता कायम गर्नेका लागि यो धर्तिमा आएको मानिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत चलाईएको विश्वास गरिन्छ। ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा देश भरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरीएको पास्टर पूर्ण बहादुर ठकुल्लाले बताउनु भएको छ।

क्रिसमस डेमा येशुको शिक्षा एवम उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान–प्रदान गरिएको ठकुल्लाले बताउनु भयो।

उहाँका अनुसार अछाम जिल्लाको कालीमाटी, सिउडी, लुंग्रा, मंगलसेन लगायतका विभिन्न ठाउँमा पनि ‘क्रिसमस डे’ मनाईएको छ।