काठमाडौँः नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।
घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल र मटितेल १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८ रुपैयाँ थियो।