साँफेबगर ।
अन्तर धार्मिक महासंघको आर्थिक सहयोग र सशक्तीकरणका क्षेत्रमा युवाहरु एस नेपाल (पिस कार्यक्रम)को आयोजनामा हानिकारक अभ्यास कम गर्न सबै धर्मका धार्मिक नेता तथा अनुयायीहरु संग १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्लाम धर्मको तर्फबाट केशर मिया , क्रिस्चियन धर्मको तर्फबाट सारा ठकुल्ला , हिन्दु धर्मको तर्फबाट नारायण उपाध्याय , कामधेनु गौशालाबाट डम्बरबहादुर महताले आ-आफ्नो धर्मको बारेमा धर्मको परिचय सहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न धर्मकाधर्मगुरु ,सरोकारवालाहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया तथा छलफल कार्यक्रमको संचालन कार्यक्रम संयोजक गोरख महताले गर्नुभएको थियो ।