दलिय स्खलन र स्वतन्त्र प्रति जनताको रुझान


पैरवी खबर

राजनीतिको लाजनीतिलाई जनताले तिलान्जली दिदै छन । सो कुरा यसपालीको चुनाबमा कास्टिङ्गको रुपमा देखा परिसकेकोछ। यो देशबाट ५ बर्ष पछि काङ्ग्रेस कम्युनिस्ट मधेसी र राजाबादी दलहरु पत्ता साप हुदै इतिहासमा सिमित हुने संकेत देखिदैछ ।

राजनीतिकहरुको हुटहुटी र हुन्कारको ब्यापार अब धेरै बर्ष चल्दैन जस्तो छ । सबै पार्टी नेता र नीति tested भैसके । सामाजिक संजाल र प्रविधिको सहायताले जनता जागरुक र चेतनशील भएर राजनीतिक बासी कुरा सुन्न र खोक्रा आश्वासन देख्न चाहदैनन तिम्रा गति मति देखि जनता स्खलित भैसकेक छन ।
अबको समय भनेको ब्यक्तिको योग्यता क्षमता रुझानलाई आत्मसात गर्ने र समर्थन मा अग्रसरता कायम राख्ने बेला हो । जसले जनताको पीरमर्कामा मलम लगाउँछ जसले देशको अवस्था फेर्ने खाका तयार गर्छ त्यसैलाई जनताको समर्थन हुनेछ । पार्टीको नीति कार्यक्रम निर्देशन एकातिर आफू र आफ्नो जोहो अर्कोतिर गर्ने नेतृत्व ले देश विकास र पार्टी सबलिकरणको हितमा काम गर्न सक्दैन ।
२००७ साल पछि हालको समय सम्म आइपुग्दा दलहरुको दवदवा धेरै चल्यो । नेपालमा पटक -पटक राजनीतिक परिवर्तन नभएको होइन , राज्य ब्यवस्था नफेरिएको होइन , तथापि ब्यवस्था फेरियो जनताको अबस्थामा फेरिएको छैन ।अनन्त कालदेखी उहीँ पात्र उहीँ नेता दोहोरिएकोछ । कामै नगरे पनि पटक पटक जनताले उसैलाई नेतृत्वमा पठाउदै आइरहेका छन यो दु:खद पक्ष हो।
राजा हुँदाको बखत १६ हजार वैदेशिक कर्जा थियो । बहुदल पछि वा राजा हटे पछि कर्जा भार घट्ला भनेर जनताले सोचेका थिए होलान, सो घट्नु को सट्टा बढेर चौगुना करिब ६० हजार को हाराहारीमा पुगेको । जनताका छोराछोरीलाई आफ्ना लागि प्रयोग गर्ने आफ्ना साका सन्तानलाई युरोप अमेरिका जस्ता समृद्धशाली मुलुकमा स्थापित गर्ने राजनितिक चरित्र उदाङ्गिन थाली सक्यो । कमिशन घुसकोरी र खुलेआम भ्रष्टाचार राजनीतिककर्मिहरुको दिनचर्या बनिरहेकोछ ।
कानुनी राज्यको धज्जी उडाउदै setting rating and getting को खेलमा राजनीति निर्लज्ज सामेल छ । साम दाम दण्ड भेदलाई राजनीतिक अश्र बनाइएको छ । भर्पाइ दादै मिलाउदै खादै गर्ने राजनीतिक नियति रोहवरमा जिवित छ । नेपालका राजनीतिक दलहरुले अब कति दिन सम्म सरकारी बजेटलाई आफू इतरमा बिनियोजन गर्छ्न होला ? चासोको बिषय बन्दै गरेको पाइन्छ ।
चप्पल पटकाउदै राजधानी छिरेका आफुलाइ त्यागी राजनीतिक ब्यक्ति भन्नेहरु बिगत देखि नेता बनेर विभिन्न काण्ड मच्चाउदै सिह दरबारको स्वादमा लटठै छन । अर्बौको मालिक बनेका छन आलिसान महलको बास छ । किसानले समयमा मल पाउदैन । विरामी पर्दा सिटामोल पाउँदैन । भोट् दिने जनताले दुखको आहालमा छन भने जनमत लिएर जाने ब्यक्ति सुखको सयलमा बुर्कुसी मार्दै छन , अधिकांस नेताहरुले आफ्ना निम्ति जयजयकार गर्ने हजारौं समर्थक सुन्ड मुसुन्ड बटुलेर नेतृत्व हत्याइ रहेका छन । पार्टी भित्र सहि बिचार भएका सोझा इमान्दार नेतालाई जानिजानि पाखा लगाइन्छ र निश्चित भजन मण्डलि बोकेर गुट गत राजनीतिमा रमाउने प्रवृत्ति हावी छ ।
मनि मसल अनि माफियाका मतियारहरु राजनीति एजेन्ट बनेर नेताको चित्त बुखाउने स्तुति गानमा ब्यस्त छन । राजनीतिक नेतृत्वले देश लुटयो, बिचार लुटयो आस्था र झुकाब लुटयो स्वार्थको राजनीतिक आहालमा डुबेर कसैलाई बन्चित त कसैलाई समाबेश गर्यो। आफ्नै वरिपरि घुम्ने सुन्ड मुन्ड हनुमानहरुको उक्साहट सहायता लिएर जनतालाई आफ्नो पक्षमा पार्न पासा थाप्न प्रयोग गरिएको छ । दिनदुखी अनि गरिबहरु जनता नेताका खरिद बिक्रि हुने सामाग्री बनाइएका छन ।
६० कटेका नेताहरु अब तपाइहरुले सामाजिक सुरक्षा भत्ता खाएर बस्दाहुन्छ । देश बिकास का लागि नयाँ युवा र नयाँ शक्ति चाहिन्छ । no not again ,enough is enough । स्वतन्त्र बिचार र सक्षम नेतृत्व आजको आवश्यकता हो । स्वतन्त्र र सक्षम नेतृत्वप्रति जनताको रुझान हुनु तिम्रै अकर्मण्यता र असफलता परिणाम हो । सधै पैसा शक्ति र शब्दजालले जनतालाई मोहित पारि राजनीति गर्ने दिन अब अस्ताउन लागि सके । बल्ल जनता आफ्नो मतको मुल्य बुझ्दैछन । पैसामा बिक्ने बिकाउने र सत्ताको स्वाद चाखी रहन विभिन्न दल र नेतालाई चास्नी बनाउदै आफ्नो हैकम टिकाइरहनका लागि गठ जोड साठ्गाठ गर्ने, मिलिजुली खाने खुवाउने अपबित्र संयोजन बन्द गर्नुहोस् । यस्ता फोहरी खेल अब धेरै दिन महिना वा बर्ष टिक्नेवाला छैन । समयमै सबै नेपाली सचेत रहौ, समृद्ध राष्ट्र निर्माण,पार्टीको आन्तरिक रुपान्तरणमा र लोकतान्त्रिक अभ्यासको कार्यान्वयनमा जुटौं । धन्यवाद !