साँफेबगर नगरपालिका वडा नम्बर ०५ नवाठानामा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा कार्यालयको आयोजना र वडा अध्यक्ष मक्कर कुँवरको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले जनाएको छ।
वडाका घरहरु, विद्यालयका भवनहरुमा पुर्ण ,आंशिक तथा सामान्य क्षेति भएको छ। यस्तै गाई भैंसीलाई राख्न बनाईएका गोठ (छाना) पसल शौचालयहरुमा पनि क्षेती भएको पाईएको छ।
वडा कार्यालयबाट १ लाख, वडा अध्यक्षबाट २० हजार ,वडा सदस्यबाट १० हजार गरि जम्मा १ लाख ६० हजारकाे सामाग्री खरिद गरि भुकम्पका कारण जोखिममा रहेका नागरीकलाई १३३ वटा त्रिपाल वितरण गरिएको छ । भुकम्प पीडितकोहरुको आवश्यकतालाई मध्यनजर गर्दै पुनः त्रिपाल वितरण गरिने अध्यक्ष कुँवरले बताउनु भयो ।
आफूहरु वडाका सबै टोलमा गएर सबैले सुरक्षित रहन सुझाव दिएको वडा अध्यक्ष मक्कर कुँवरले बताउनु भयो। उहाँले भुकम्प पीडित नागरिकलाई राहत प्रदान गर्नका लागि नगरपालिका लगाएतका निकायसंग समन्वय र्भइ रहेको पनि बताउनु भयो।