वाक नेपालद्धारा २५ औँ जन्मोत्सवको अवसरमा विरामीलाई फलफूल वितरण


पैरवी खबर

साँफेबगर।
पहुँच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपालको २५ औँ जन्मोत्सव बनाएको छ। वाक नेपालले अछामको बयलपाटा अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गर्दै आफ्नो २५ औँ जन्मोत्सव बनाएको हो। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर ज्यूको प्रमूख आतिथ्यतामा बयालपाटा अस्पतालका बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेको थियो। अस्पतालमा उपचाररत ४८ जना विरामीलाई फलफूल वितरण गरीएको थियो। समाज रुपान्तरणक लागि विभिन्न क्षेत्रमा काम गर्दै आएको वाक नेपालले यो भन्दा अघिल्ला बर्षहरुमा पनि विभिन्न रचनात्मक कार्यहरु गर्दै आई रहेको छ। फलफूल वितरण कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, वाक नेपालका अध्यक्ष बल बहादुर केसी, महासचिव अप्सरा कुँवर, सचिव निरा कडायत, बयलपाटा अस्पतालका हिम बहादुर विश्वकर्मा, वाक नेपालका कार्यकारी निर्देशक चेतराज जोशी लगायत संस्थमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो।