साँफेबगर ।
कार्तिक २२ गते आएको भुकम्पका कारण पीडित भएका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको छ।
साँफेबगर युवा क्लबले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको हो। साँफेबगर युवा क्लबले विभिन्न क्षेत्रबाट संकलन गरीएको रकमले वडाका १५ परिवारलाई त्रिपाल वितरण गरेको साँफेबगर युवा क्लबका अध्यक्ष युवराज नाथले बताउनु भएको छ।
भुकम्पका कारण घरमा भएको क्षेतिका कारण घर बाहिर बस्दै आएका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको अध्यक्ष नाथले बताउनु भयो।
क्लबले यो भन्दा अगाडि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यहरु गर्दै जाने बताउनु भयो।
त्रिपाल वितरण कार्यक्रममा साँफेबगर युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो।