देविस्थानमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन, १५ जना भुकम्प पीडितलाई त्रिपाल वितरण


पैरवी खबर

साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा कार्यालयको आयोजना र वडा अध्यक्ष रामबहादुरको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले जनाएको छ।

वडा भरी आंशिक ४३ वटा र १२९ घरमा सामान्य क्षेति भएको छ। यस्तै गाई भैंसीलाई राख्न बनाईएका गोठ (छाना) पसल शौचालयहरुमा पनि क्षेती भएको पाईएको छ। वडामा पुर्ण क्षेती भएका घरहरू भने नरहेको वडा अध्यक्ष बोहराले बताउनुभएको छ ।

यस्तै भुकम्पका कारण ५ वटा विद्यालयका भवन,वडा कार्यालय ,अतिरिक्त हुलाक कार्यालयमा पनि क्षेति पुगेको छ। शनिबार भुकम्पका कारण जोखिममा रहेका नागरीकलाई १५ वटा त्रिपाल वितरण गरिएको छ ।

आफूहरु वडाका सबै टोलमा गएर सबैले सुरक्षित रहन सुझाव दिएको वडा अध्यक्ष रामबहादुरले बताउनु भयो। उहाँले भुकम्प पीडित नागरिकलाई राहत प्रदान गर्नका लागि नगरपालिका लगाएतका निकायसंग समन्वय र्भइ रहेको पनि बताउनु भयो।