आज बर्षा र हिमपातको सम्भावना


पैरवी खबर

धनगढी: हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती सुदूरपश्चिम ,कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेका बुलेटिनमा उल्लेख छ। पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ महाशाखाले भनेको छ।