साँफेबगर नगरपालिद्धारा भुम्कम्प पीडितका लागि त्रिपाल हस्तान्तरण


पैरवी खबर

साँफेबगर ।

साँफेबगर नगरपालिकाले त्रिपाल हस्तान्तरण गरेको छ। नगरपालिकाले कार्तिक २२ गते आएको भुम्कम्प पीडितका लागि वडा कार्यालयलाई त्रिपाल हस्तान्तरण गरेको हो।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको एक टोलीद्धारा नगरपालिकाको वडा नम्बर १० घुघुरकोट र वडा नम्बर ११ देविस्थानलाई त्रिपाल वितरण गरीएको जनाईएको छ। शनिबार नगरपालिकाले साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटलाई २५ वटा र वडा नम्बर ११ देवीस्थानलाई १५ वटा त्रिपाल हस्तान्तरण गरेको हो।

उक्त त्रिपालहरु भुकम्पका कारण घर उच्च जोखिम भएका परिवारलाई सरोकारवालाको रोहबरमा वितरण गरीने जनाईएको छ। त्रिपाल हस्तान्तरण कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, वडा नम्बर १० का वडा अध्यक्ष ललित बोगटी, वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर बोहरा, वडा नम्बर १० का वडा सदस्य भुपेन्द्र महता लगायतको सहभागिता रहेको थियो।