डोटीमा भुकम्पमा परि मृत्यु हुने ६ जनाको सनाखत


पैरवी खबर

भुकम्पमा परि डोटी पुर्विचौकि गाउँ पालिका ३ को गैरा गाउँमा भर भत्किदा मृत्यु हुनेको सनाखत भएको छ।

भुकम्पमा परि गैरा गाउँका अन्दाजी १२/१३ बर्षकि सिता बोहरा,४० बर्षकि भगवती देबि बोहरा ,८ बर्षका हर्क बोहरा, अन्दाजि १३/१४ बर्षकि धनसरी बोहरा ,अन्दाजी १३/१४ बर्षकि तुलसी बोहरा र ५० बर्षका प्रेम बोहरा ५० बर्षको मृत्यु भएको छ

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी  पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ। भूकम्पमा परी ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेको प्रहरीले बताएको छ।

घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। अछाममा पनि भुकम्पले धेरै जसो घर चर्किएका छन । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्।