अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो तथा आमसभा रामारोशन गाउँपालिका वडा न ७ सुतारमा सम्पन्न भएको छ । घरदैलो तथा आमसभा कार्यक्रममा वोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेर बहादुर कुँवरले रामारोशन क्षेत्रको विकासको लागि गठबन्धन सरकारको जित आवश्क रहेको बताउनुभएको छ । उहाँले प्रदेश र संघका गठबन्धनको सरकार बनेमा विकास निर्माणका कार्यले सार्थकता पाउने दावि गर्नुभएको छ । अहिलेको गठबन्धन रहर नभई देशको आवश्यकताले बनेकाले अछामको समृद्धिका लागि गठबन्धनका उम्मेद्वालाई मतदान गर्न आग्रह गर्नुभयो । घरदैलो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अछाम ईन्चार्ज एवम् प्रदेश (ख) का उम्मेदवार झपट साउदले देशमा लोकतन्त्र गणतन्त्र स्थापनाको लागि रामारोश क्षेत्रको ठूलो भूमिका रहेका धारणा व्यक्त गर्नुभयो । निरंकुश व्यवस्था अन्त्यको लागि रामारोशनको त्याग महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले गठबन्धनका उम्मेदवारले हार्नु भनेको राष्टले हार्नु भएका कारण गठबन्धमा सबै पार्टीका नेता कार्यकर्ताले ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिनुभयो । घरदैलो अभियान तथा चुनावी आमसभामा कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकर साउद भाष्कर, एकीकृत समाजवादी केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सदस्य मिना साउद, कांग्रेसका प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वाँर, समाजवादीका केन्द्रीय परिषद सद्स्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका अछाम संयोजक रबिन्द्र साउद, नेपाली कांग्रेसका महासमिति सदस्य नृप साउद, मेल्लख गाउँपालिकाका निवर्तमान अध्यक्ष लोक बहादुर वोहरा, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सरस्वति रावल, गोविन्द साउद लगायतको सहभागिता रहेको थियो ।