अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम रामारोशन गाउँपालिका वडा नं.४ ंवाटुलासैन सुतारमा मा सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्वार शेर बहादुर कुँवरले अछाममा तीन दल विच विशेष परिस्थीतिमा गठबन्धन वनेको बताउनुभएको छ । वामपन्थी दललाई जनताले दिएको मतको केपी शर्मा ओलिले संरक्षण गर्न नसकेका कारण अहिले विशेष परिस्थीतिमा वाम लोकतान्त्रिक गठबन्धन वनेको मन्त्री कुँवरको भनाई रहेको छ । उहाँले अहिलेको गठबन्धन संविधानको रक्षा र जनआन्दोलनबाट प्राप्त उपलव्धिको संरक्षणको लागि भएको धारणा व्यक्त गर्नुभयो । उहाँले गठबन्धन सरकार बनेपछि रामारोशन समृद्धिको लागि पहल हुने बताउनुभयो । प्रदेश (ख) का उम्मेदवार झपट साउदले रामारोशनका जनताको गठबन्धनका उम्मेद्वारलाई जिताउन महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो । उहाँले यो क्षेत्रमा प्रदेश र संघका दुवै गठबन्धनका उम्मेदवार विजय भएका मिलेर यस क्षेत्रको विकास गर्ने धारणा व्यक्त गर्नुभयो । घरदैलो अभियान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकर साउद भाष्कर, एकीकृत समाजवादी केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवर, कांग्रेसका प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वाँर, समाजवादीका केन्द्रीय परिषद सद्स्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका अछाम संयोजक रबिन्द्र साउद, मेल्लख गाउँपालिकाका निवर्तमान अध्यक्ष लोक बहादुर वोहरा लगायतको सहभागिता रहेको थियोे ।