नेकपा एमाले साँफेबगर नगरपालिका वडा न. ११ देवीस्थान वडा कमिटिको आयोजनामा विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अथिती नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य कमल ओड, बिशिस्ट अथिती साँफेबगर नगरपालिका ११ का वडा अध्यक्ष राम बहादुर बोहरा,रहनुभएको थियो ।
भुपु गाबिस अध्यक्ष गगन सिं बोहरा,वडा सदस्य हरु रङ्ग बिस्ट ,बजिर ओड, हिरा देबि खाती , नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर कमिटी सचिव टिकराम धामी ,अतिथि रहनुभएको थियो ।
नगर कमिटी सदस्य प्रेम बिस्ट , रुपक ओड, रत्ना बोहरा लगायत को उपस्थिति रहेको थियो । वडा कमिटी सह सचिव लक्ष्मण बोहराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन वडा कमिटी सचिव रेबन्त बिस्टले गर्नुभएको थियो ।