यही असोज ११ गते बाजुराकाे नाटेश्वरी मन्दिरमा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै जातीय विभेद गर्दै एक जना दलितलाई कुटपिट गरिएको छ ।
नवरात्री बस्न भनेर पुर्ख्याैली घर बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै कुटपिट गरि उन अपशब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए ।
अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाटेश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातीय विभेद गर्दै आफूसंंग भएको नगद ६० हजार समेत लुटपाट गरेको पीडित जानकारी दिएका छन् ।
हामीले सम्पर्क गर्दा अहिले वडा अध्यक्ष जुद्ध ऐडी जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको खबर छ । अन्य दुईजना फरार रेहेकाे प्रहरीले जनाएको छ ।
पीडितलाई कुनै धरपकड नगिर न्याय पाउन स्थानीय सरकार वडा सरकार प्रमुखबाट यस्तो अपराध गरेकाले कडा भन्दा कडा कानूनी कार्वाही हाेस ।