बाजुरामा एक महिला मृत भेटिइन्


पैरवी खबर

बाजुरा: बाजुरामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–७ की २५ वर्षीया गोमा सार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सार्की पासो लगाएको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए। उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। मृतकका माइती पक्षले भने विगतदेखि नै श्रीमानश्रीमतीबीच मनमुटाव भइरहने गरेकाले हत्याको आशंका गरेका छन्।