शेरबहादुर सार्की
बाजुरा,भदौ २ गते । बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ मा रहेका विद्यालयहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मौसम परिर्वतन भएसँगै पछिल्लो समयमा त्रिवेणी नगरपालिकाका अधिकाशं विद्यालयमा बालबालिकाहरुलाई रुघाखोकी तथा भाइरल ज्वरो आएपछि त्रिवेणी नगरपालिका वडा नं ८ को वडापालिकाले सो विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
त्रिवेणी नगरपालिका वडा नं ८ को नवदुर्गा आधारभूत विद्यालयका प्राधानाध्यापक मानबहाुदर साउँदले ,बिद्यालयमा आउने अधिकाशं बालवालिकाहरुमा ज्वरो आउने टाउँको दुख्ने हात खुट्टा दुख्ने खोकीलाग्ने लगायतका लक्षण देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, विद्यालयमा अध्ययनरत २१२ बालवालिकाहरु मध्ये झण्डै ९३ जनामा रुघाखोकी तथा भाइरल ज्वरो लक्षण देखिएपछि उपचारको लागि विद्यालयमा नै स्वास्थ्य शिविरको माग गरेको बताउनुभयो ।
त्रिवेणी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गगनजङ्ग बुढाले,पछिल्लो समयमा विद्यालयमा बालबालिकाहरुलाई रुघाखोकी भाइरल ज्वरो आउन थालेपछि वडा पालिकाले विद्यार्थीहरुको समयमै उपचार गर्ने हुने गरी बिद्यालयमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, आर्थिक अभावका कारण बालबालिकाहरु बिरामी हुँदा समयमै औषधी गर्न नसक्नेहरुका लागि यो शिविरले निकै सहज बनाएको छ । यो शिविरमा निको नभएका बालबालिकाहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा र छिमेकी जिल्लामा रहेको बयालगडामा रिफर नर्गे र बिरामी भएका बालबालिकाहरुको उपचार खर्च वडापालिकाले बेहोर्ने वडा अध्यक्ष बुढाले बताउनुभयो ।
त्रिवेणी नगरपालिका वडा नं ८ को आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द्रबहादुर थापाले, त्रिवेणी नगरपालिकाका अधिकाशं विद्यालयका बालबालिकाहरुमा मौषमीका कारण बालबालिकामा सामान्य रुघाखोकी भाइरल ज्वरो आउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, अहिले हामीले बिरामी भएका बालबालिकाको चिन्न लक्षण अनुसार औषधी दिएका छौ । केही दिनपछि ती बालबालिकाहरुमा आउने गरेको रुघाखोकी ज्वरो ठिक हुदै जाने बताउनुभयो ।
अहिले वर्खामा फुटेका मुलबाट आएको धमिलो पानी खाने गरेकोले अधिकाशं बालबालिकामा रुघाखोकी लाग्ने ज्वरो र झाडापखाला लाग्ने गरेको छ । मौषम परिवर्तन सँगै हुने यस्ता खालका बिरामीहरुले तातो पानी पीउने सरसफाइमा ध्यान दिने समयमै उपचार गर्न स्वास्थ्य केन्द्रमा आउन उनीहरुको अभिभावकहरुलाई समेत आग्रह गरेको प्रमुख थापाले बताउनुभयो ।
क्याप्सन ः त्रिवेणी ८ आधारभूत स्वाथ्य केन्द्रका प्रमुख गोविन्द्रबहादुर थापा नवदुर्गा आधारभूत बिद्यालयका बालबालिकाहरुलाई उपचार गर्दै । तस्बिर ः शेरबहादुर सार्की, बाजुरा