साँफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटको आ.व. २०७८/७९ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटका वडा अध्यक्ष दिपक कुवरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर उप प्रमुख शिलोज कुवर रहनुभएको थियो।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आ.व. २०७८/०७९ मा वडामा संचालित योजना, वडा मार्फत भएका सेवा प्रवाहका सार्वजनिक सुनुवाई गरिएको थियो।
वडाको दैनिक कामकाजका विभिन्न शिर्षकहरुबाट आ.व.२०७८/०७९ मा संकलन भएको राजस्व १लाख ३८ हजार ४ सय ८५ रहेको छ ।
पुनश्च : वडा, नगर, प्रदेश ,संघ र विभिन्न संघ संस्थाबाट वडामा प्राप्त जम्मा रकम रु.२ करोड ९९ लाख ७ हजार १ सय रहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य सुरेश कुँवर, नेपाली काङ्ग्रेस नगर कार्य समिति सदस्य मेघराज थापा , नेकपा एमाले नगर कमिटी सदस्य भक्त बहादुर कुँवर , नेकपा माओवादी केन्द्रका मीन बहादुर कुँवर ,निवर्तमान कार्यपालिका सदस्य सावी मिजार ,निवर्तमान वडा सदस्य नर बहादुर कुँवर , वडा स्थित विभिन्न पार्टीका प्रतिनिधि , टोल विकास समितिका अध्यक्ष, शिक्षक प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको पहिलो चरणको सहजीकरण सचिव पुर्णराज उपाध्यायले गर्नुभएको थियो भने दोस्रो चरण अन्तरक्रिया कार्यक्रमको सहजीकरण पत्रकार तपेन्द्र कुवरले गर्नुभएको थियो ।