साँफेबगर न.पा.१० घुघुरकोटको आ.व.२०७८/०७९ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


पैरवी खबर

साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको आ.व. २०७८/७९ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका निवर्तमान वडा अध्यक्ष लाल बहादुर खड्का रहनु भएको थियो। सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आ.व. २०७८/०७९ मा वडामा संचालित योजना, वडा मार्फत भएका सेवा प्रवाहका सार्वजनिक सुनुवाई गरिएको थियो। सार्वजनिक सुनुवाई कार्यक्रममा साफेबगर नगर कार्यपालिका सदस्य अनिल परियार, निवर्तमान कार्यपालिका सदस्य शंकर भुल, पुर्व गाविस अध्यक्ष कर्ण बहादुर खड्का, वडा सदस्यहरु, स्वास्थ्य चौकी इन्चार्ज बम प्रसाद भट्ट, विभिन्न पार्टीका प्रतिनिधि, वडामा लागू भएका संघ सस्थाका प्रतिनिधि , समाजसेवि, बुद्धिजीवी, दलित, महिलाको सहभागीता रहेको थियोे। वडा सदस्य भुपेन्द्र बहादुर महताले स्वागत मन्तव्य राख्नु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सामाजिक परिचालक राजेन्द्र बिकले गर्नु भएको थियो।