साँफेबगर । “हाम्रो बजार ,सुन्दर बजार” भन्ने नाराका साथ साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समिति साँफेबगर अछामको बृहत
सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
यस बजार भित्रका विभिन्न गल्लि ,नाली तथा सडकमा भएको फोहोर लाई व्यवस्थापन गर्दै सरसफाइ गरिएको हो ।बजारमा व्यवसाय गरिरहेका ब्यापारीहरुले आफ्नो पसलको अगाडी डस्टविन राख्न बजार ब्यवस्थापन समितिले आग्रह गरेको छ । १/२ दिन भित्र यसको अनुगमन गरिने बजार व्यवस्थापन समिति अध्यक्ष राम बहादुर कुँवरले बताउनु भयो ।
बजारमा आउने आगन्तुकहरुले पनि आफुले प्रयोग गरेको प्लास्टिकजन्य पदार्थ प्रत्येक पसलको अगाडी राखेको डस्ट्विन वा सार्वजनिक स्थलमा राखिएका डस्टविनमा फोहर फालिदिन अनुरोध गरिएको छ ।
सरसफाइ कार्यक्रममा बजारबासी , व्यवसायी , ईलाका प्रहरी कार्यालय , सशस्त्र प्रहरी बल खप्तड गुल्म लगायतको सहभागीता रहेको थियो ।