शेरबहादुर सार्की
बाजुरा, साउन ३१ गते । बाजुराको बडिमालिका नगरपालिका ९ मार्तडीमा रहेको कारागार जीर्ण बन्दै गएपछि कैदी बन्दी जीवन बिताइरहेका कैदी तथा थुनुवाहरुलाई बास बस्न निकै कठिन भएको छ ।२०३७ साल असारमा बनेको बाजुरा कारागार यती बेला निकै जिर्ण बन्दै गएको छ । मर्मत सम्भार गर्नका लागि कही कतैबाट कुनै पहल नुहँदा यो कारागार अहिले जीर्ण बन्दै गएको हो ।
बाजुरा कारागार कार्यालय बाजुराका चौकीदार रुपेस रावलले, लामो समय हुँदा पनि यस कारागारको कही कतैबाट मर्मत सम्भार नभएकोबताउनुभयो ।उहाँका अनुसार यो कारागारको क्षमता २५ जनाको मात्र हो । अहिले यस कारागारमा ४१ जना कैदी र १४ जना थुनुवा गरी ५५ बसोबास गर्दै आएका छन् । क्षमता भन्दाबढी कैदी र थुनुवा यस भित्र हुलेपछि अहिले उनीहरुलाई सुत्न त के बस्नलाई पनि निकै समस्या भएको छ ।
नत खटियाको व्यवस्था छ न त भुइमा सुत्नका लागि राम्रो ओछ्याउनेको व्यवस्था छ । पहिला पानी परेपछि बस्ने ठाउँमा चुहिन थाल्थ्यो, अनी रातभरी बिउजो रहुनु पर्ने हुन्थ्यो, अहिले प्रदेश सरकारबाट करकटपाता दिएपछि चुहिने काम त बन्द भयो तर एक खाटमा पाँच ,छ जना सुत्नु पर्ने अवस्था भने पहिले जस्तै रहेको चौकीदार रावतले बताउनुभयो ।
चौकीदार रावतले भन्नुभयो, यस कारागारमा कैदीहरु शिक्षाबाट पनि निकै वञ्चित भएका छन् । कुनै पनि काम गर्नका लागि अहिले सबैमा अनौपचारिक शिक्षाका अति आवश्यक छ, तर यस कारागारमा कैदी जीवन विताइरहेकोहरु भने पहिले देखि अहिले सम्म शिक्षाबाट निकै वञ्चित भएका छन् ।यस कारागारमा ५० वर्ष उमेरका कैदी छन् । अहिले सम्म उनीहरुको सन्तान छैन् । उनीहरु प्रजनन अधिकारबाट पनि वञ्चित हुँदै आएको रातवले बताउनुभयो ।
रावतले भन्नुभयो, नेपालमा कैदी बन्दी व्यवस्थापनका लागि ६५ करोड रुपियाँ, आउँछ, त्यो त्यो खानामै सकिन्छ, । यो रकम कतै विकामा खर्च गर्नु पर्ने । यो रुपियाँ कैदीहरुलाई खाना खर्च गर्नु भन्दा कैदीहरुको सीपलाई श्रममा व्यवस्थापन गर्ने हो भने उनीहरु आफैले काम गरेर पनि कैदी जिवन जीवन सक्छन् ।अहिले यस भित्र रहेका कैदीहरु मध्य प्राय अधिकाशं अशिक्षित छन् । नत उहाँलाई पढ्न आउँछ नत लेख्न नै आउँछ । उनीहरुको यो अवस्थालाई मध्यनजर गर्दै अनौपचारिक शिक्षाको व्यवस्था गरेभने सहज हुन्थ्यो रावतले बताउनुभयो ।
कारागारमा रहेको कैदी बन्दीहरुले दैनिक ६० रुपियाँ नगदी र जिन्सी सिता ७०० ग्राम चामल पाउँने भएपनि बस्न उठन र सुत्नको लागि भने निकै सास्ती खेप्दै आउनु परेको रावतले बताउनुभयो ।कारागारको अवस्था निकै नाजुक छ , यसको मर्मत सम्भारका लागि धेरै ठाउँमा कुरा राख्दै आएपनि कुनै सुनाइ नभएको बाजुराका कारागारका जेलर हंशबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, यस कारागारको पर्खाल सँगै सडक खनेको छ ,त्यसबाट अवैध सामान भित्र फाल्न सकिने निकै सम्भावना छ । धेरै पटक बाहिरबाट अवैध सामाग्री फाल्ने प्रयास पनि भयो । हामीले यो कुरा सम्बन्धित ठाउँमा पुगाएको हो तर अहिले सम्म कुनै सुनुवाइ भएको छैन् ।कारागार सँगै रहेको प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएका छन् । यो वर्खा बाजुरामा लागतार परेको पानीका कारण ती भवन निकै चुहिने गरेका छन् ।
त्रिपाल राखेर सुरक्षाकर्मीले बस्नु पर्ने अवस्था छ । मर्मत सम्भारका लागि सम्बन्धित् निकाय सम्म कुरा राखेपनि अहिले सम्म केही पहल भएको छैन् ।कारागार कार्यालय बाजुराको सुरक्षाका लागि अहिले दैनिक १७ नेपाली सेना र ४ जना नेपाल प्रहरी जवान बस्ने गरेको जेलर बोहराले बताउनुभयो । यो वर्ष झै सधै लगातार पानी पर्ने हो भने कारागारको भवन नै पुरै भत्किने सम्भावना छ ।
पुरानै डिजाइन्मा निर्माण भएको कारागार भवनमा नत खटिया राख्न ठाउँ पुग्छ, नत कुनै सामाग्री राख्न ठाउँ पुग्छ, अहिले सम्म तान्न तुन्न गर्दै कैदीले जिवन बिताउदै आएका छन् ।
भवन निर्माण र कैदीहरुको राम्रो सँग व्ष्वस्थावन गर्नका लागि विभिन्न ठाउँमा पहल गरेपनि कतैबाट यसको सुनुवाइ नभएको जेलर बोहराले बताउनुभयो ।
क्याप्सन ः जीर्ण बन्दै गएको कारागार कार्यालय बाजुरा ।
तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा