धर्म छोडदा
शिक्षकले धर्म छोडे
विद्यार्थी मारमा पर्छ ।
रेडक्रस धर्म छोडे मानव सेवा मर्छ ।।
नेताले धर्म छोडे देश संकटमा पर्छ
मातापिताले धर्म छोडे ।
सन्तान विचलिमा पर्छ ।।
पण्डितले धर्म छोडे
सामाजिक सँस्कार मर्छ ।।
न्यायाधीशले धर्म छोडे
इन्साफ ओझेल पर्छ ।।
प्रशासकले धर्म छोडे
रानो विहिन हुन्छ
व्यापारीले धर्म छोडे
कर विहिन बन्छ ।।
धर्म छोडनु राम्रो होइन
पालन गरौं सबै
धर्म सबले पालन गरुन ।
हुन्छ खुबै खुबै ।।
……………..
समय सापेक्ष रेखा
२००७ सालमा प्रजातन्त्र आ को ।
२०१५ सालमा आम चुनाव भाको ।।
२०१७ सालमा दल प्रतवन्द भाको ।
२०१९ सालमा तेस्रो संविधान आ को ।।
२०३६ सालमा जनमत भाको ।
२०४६ सालमा दोस्रो प्रजातन्त्र आको ।।
२०४७ सालमा संविधानिक राजतन्त्र भाको ।।
२०४८ सालमा आम निर्वाचन भाको ।
२०४९ सालमा स्थानीय सरकार पाको ।।
२०५१ सालमा वामपन्थी सरकार आको ।
वृद्ध आमा बुवाले सरकारी भत्ता पाको ।।
२०५४ सालमा दोस्रो स्थानीय चुनाव भाको ।
२०५६ सालमा एक माना सरकार आको ।।
२०५८ सालमा दरबार काण्ड भाको ।
२०६१ सालमा निरंकुश व्यवस्था आको ।।
०६२/०६३ मा दोस्रो जनआन्दोलन भाको ।
२०६३ मा अन्तिरिम सँविधान आको ।।
२०६४ सालमा संविधानको चुनाव भाको ।
२०६५ सालमा गणतन्त्र आको ।
२०७० सालमा दोस्रो संविधान सभाको चुनाव भाको ।
२०७४ सालमा लोकतान्त्रिक व्यवस्था पाको ।
२०७९ सालमा चौथो निर्वाचन भाको ।
अहिले सम्मको समय सापेक्ष रेखा कोरेको ।
चक्र बहादुर कुवँर
श्री प्रगतिशील प्राःवि प्रःअ
साःनःपाः४ मुवासैन अछाम