मनोज रावलद्धारा लिखित नेपाली कविता संग्रह हेर मलाई म रोएँ प्रकाशित भएको छ। राललद्धारा लिखित कविता संग्रह हेर मलाई म रोएँमा सत्ताईवटा कविताहरु रहेका छन्। उक्त कविता संग्रहमा रहेका कविताले राजनितिक सामाजिक, देशभक्ति, वातावरण संरक्षण र व्यग्यत्मक शैलीमा लेखिएका छन्। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा जन्मनु भएका रालले हेर मलाई म रोएँ गद्य कविता संग्रह प्रकाशित गर्नु भएको हो। साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यामिक विद्यालयमा शिभिल ईञ्जिनियर अध्ययनरत रावल सानै उमेर देखि साहित्य तथा कविता लेखनमा रुचि राख्दै आउनु भएको थियो। रावलले भने मेरो सानै उमेर देखिको कविता लेखन र संग्रह प्रकाशन गर्ने रुचि थियो, त्यो पूरा गरीयो। उहाँले भन्नु भयो आउँदा दिनमा पनि म कला साहित्यलाई निरन्तरता दिई रहने छु। यस्तै उहाँले हेर मलाई म रोएँ गद्य कविता प्रकाशन गर्न सहयोग गर्ने सबै प्रति आभार प्रकट गर्दै धन्यवाद समेत दिनु भयो।