बूढीगङ्गा कडा सुरक्षाका साथ मतदान


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा, असार २३ गते । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ अहिले साथ बजे मतदान सुरु भएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय सदस्यको निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकाशं मतदान स्थलमा धाँधली हुँदा त्यहाँको मतगणना रोकिएपछि असार २३ गते बिहान सात बजेबाट मतदान सुरु गरिएको हो ।
बूढीगङ्गा नगरपालिकाका १० वटै बडामा रहेका दश मतदान केन्द्र र १९ वटा उपकेन्द्रमा अहिले कडा सुरुक्षाका बीच मतदान भइरहेको बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत हष्टबहादुर कडायतले बताउनुभयो ।
उहाँको अनुसार अहिले बूढीगङ्गा नगरपालिकाका सबै मतदान केन्द्रमा सव्य भब्य र मर्यादित तरिकारले मतदान गर्ने काम भइरहेको बताउनुभयो ।
यस अधि मतदान गर्न नभएकाहरुले यती बेला भने आफैले रोजेको उमेदवारलाई मतदान गर्ने पाउने भएका छन् ।
यस अधि भएको विभिन्न चुनावमा मतदान गर्नबाट वञ्चित भएकाहरुले यती बेला भने राम्रो सुरक्षाका साथ मतदान गर्न पाएपछि आफैले रोजेको उमेदवारलाई मतदान गर्न पाएको मतदाताले बताउनुभयो ।
बूढीगङ्गा नगरपालिका वडा –३ का स्थानीय मोतीकला रौलेले, यो भन्दा पहिला हामी घरबाट मतदान गर्न जान्थ्यौ, तर उता गएपछि हातबाट भोटकाड लिएर अर्कैले मतदान गथ्र्ये ,अनी हामी मत नहालेर त्यत्तिकै घरमा आउथ्यौ, अहिले भने कडा सुरुक्षाका साथ मतदान गर्ने व्यवस्था भएपछि राम्रो सँग मत हालेर घरमा जाँदै गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यो बेलामा पनि लफडा हुने होकी भन्ने मनमा डरमा थियो । तर अहिले कडा सुरक्षाका साथ मतदाताहरुले राम्रो सँग मतदान गर्न पाएपछि शान्त तरिकाले मत हाल्दै घरमा जान लागेको बताउनुभयो ।
१० मतदान स्थल र १९ उपमतदान केन्द्र रहेको सो पालिकाको निर्वाचन सम्पन्न गर्ने गरी ९५ कर्मचारी सहित हजारौको सङख्यामा सुरुक्षाकर्मी समेत खटाएका छन् । प्रत्येक केन्द्रमा ३ जनाको दरले स्वंसेवक समेत व्यवस्था गरेको निर्वाचन अधिकृत कडायतले बताउनुभयो ।
उहाँका अनुसार आज भइरहेको बूढीगङ्गा नगरपालिकाको निर्वाचनको १० वटा मतदान तथा १९ वटा उपमतदान केन्द्रमा १३ हजार ६५९ जना मतदाताले दतदान गर्न पाउँने छन् ।
अहिले सात बजेबाट राम्रो सुरक्षाका साथ निर्वाचन भइरहेको छ । अहिले सम्म सबै मतदान केन्द्रमा राम्रो सँग मतदान भइरहेको निर्वाचन अधिकृत कडायतले बताउनुभयो ।
वैशाख ३० गतेका दिनमा भएको स्थानीय निर्वाचनमा त्रसित बन्दै गएका बूढीगङ्गाबासीले यती बेला खुल्ला मनले आफ्नो रोजेको उमेदवारलाई आफैले मतदान गर्दै आएको मुख्य निर्वाचन अधिकृत माधव धिमिरेले बताउनुभयो ।
चुनावलाई सव्य भब्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापाले बताउनु भएको छ ।
देशभरीको एक मात्र निर्वाचन भएकोले त्यसलाई भएरहित तरिकाले सम्पन्न गर्ने गरी सबै खालको सुरक्षा व्यस्था गरिएको छ । अहिले सम्म कुनै पनि लफडा नभएर शान्त तरिकाले बूढीगङ्गाबासीले आफ्नो मतदान गरिरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।
बूढीगङ्गा नगरपालिकाको मेयर पदमा उमेदवार नेपाली काँग्रेसबाट रङ्ग खाती उपमेयर रिता शाही र नेकपा एमालेबाट मेयर रामबहादुर बाँनीया उपमेयर माया कुँवर रहेका छन् ।