१२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उदघाटन मेल्लेखमा सम्पन्न -PAIRABI KHABAR


पैरवी खबर

असार १६ मेल्लेख

अछाम जिल्लाकाे १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा खेलकुद प्रतियोगिता उद्घाटन समारोह सम्पन्न भएकाे छ । प्रतियोगिता जिल्लाकाे मेल्लेख गाउँपालिका नन्देश्वरि मा वि काे खेलमैदानमा उद्घाटन गरिएकाे हो ।

प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद क्षेत्रकाे विकासकाे लागि अछाम जिल्लाकाे समग्र पालिकाले बजेट काे उचित व्यवस्था र लगानी बढाउनुपर्ने बताएका छन ।

खेलकुदकाे माध्यमबाट अछाम जिल्लाकाे पहिचान गराउन खेलाडी हरुले खुलेर प्रतिस्पर्धा गर्न र आफ्नाे छुट्टै पहिचान देखाउनु पर्ने बताएका छन । खेलकुद काे माध्यम बाट पहिचान गराउन उतकृष्ट खेलाडी लाई छनाेट गर्न पनि निर्देशन दिनु भएकाे छ ।

प्रतियोगिताका विशिस्ट अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले याे बर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड मेल्लेख काे नन्देश्वरि मा वि काे खेलकुद मैदानमा भएकाे भन्दै जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद दिनु भएको छ ।

खेलकुदमा अनुशासित ढंगबाट प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नु भएकाे छ । खेलकुदका लागि मेल्लेख गाउँपालिका बाट हुने सहयोगका लागि कुनै कमि नरहने बताएका छन ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशरबहादुर खड्काकाे अध्यक्षतामा भएकाे प्रतियोगितामा मेल्लेख गाउँपालिका वडा न .५ का अध्यक्ष प्रकाश अधिकारी ,वडा न.६ का अध्यक्ष तिलक कडायत , एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य डम्बर नेपाली, नेकपा एमाले प्रतिनिधि एवम अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र खड्का ,नेपाली कांग्रेस प्रतिनिधि कृष्ण कुँवर ,नेकपा माओवादी केन्द्र का गाेरख बाेहरा , मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खड्का ,खेलकुद विकास समिति कार्यालय सचिब हर्कबहादुर साउद, सम्पूर्ण प्रधानध्यापककाे तर्फबाट कुल बहादुर रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बम बहादुर साउदकाे स्वागत मनतव्यबाट सुरु भएको प्रतियोगिता उद्घाटनकाे संचालन नन्देश्वरि मा. वि का शिक्षक पृथ्वी रावलले गर्नु भएकाे थियाे ।

प्रतियोगिता जिल्ला खेलकुद विकास समिति काे आयाेजना मेल्लेख युवा खेलकुद तथा शिक्षा शाखाकाे सह आयाेजनामा संचालन भैरहेको छ । प्रतियोगितामा जिल्ला काे १० वटा स्थानीय तहबाट छनाेट भएका खेलाडीहरुकाे सहभागिता रहेकाे छ ।