असार- १४ अछाम
बाल अधिकार समितिलाई बाल अधिकार बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि ३दिने क्षमता विकास तालिम मेल्लेखमा सम्पन्न भएकाे छ ।
तालिममा बाल अधिकार , बाल संरक्षण घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि छलफल गरिएकाे हो । यस्तै तालिमा सहभागीहरुले बालबालिकाकाेलागि अगामि दिनमा गर्नुपर्ने क्रियाकलाप बारे अर्ध बार्षिक कार्ययोजना समेत तयार गरेकाे छ ।
यस्तै आगामि दिनमा बाल अधिकार समितिकाे काम कर्तव्य र जिम्मेवारी बारे पनि व्यापक छलफल भएकाे छ। मेल्लेखका बालबालिकाकाे समृद्धिका लागि बालबालिकाका सवालहरुलाई पहिचान गरि समाधान गर्न सराेकारवाला पूर्ण बफादार हुनुपर्ने तालिममा सहभागी हरुकाे जाेड थिए।
आस्था नेपाल वर्ल्ड भिजनकाे साझेदारीमा संचालित बाल स्पाेन्सर परियाेजना अन्तर्गत मेल्लेख गाउँपालिका बालअधिकार समिति र मेल्लेख गाउँपालिकाकाे समन्वयमा तालिम संचालन गरिएकाे थियाे ।
मेल्लेख गाउँपालिका बाल अधिकार समिति संयाेजक एवं मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का काे अध्यक्षतामा भएकाे तालिम समापन का प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद रहनु भएका थियो । साउदले समापनमा बाेल्दै बालबालिकाका सवालहरु समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन । बालबालिका काे लागि आवश्यक शिक्षा ,स्वास्थ्य, पाेषण,अन्य व्यवस्थापन गर्न गाउँपालिकाबाट हुने सहयोगकालागि कुनै कमि नहुने बताएका छन ।
संस्था बाट पनि बालबालिका काे क्षेत्रमा थुप्रै लगानी भएकाे भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । तालिममा स्थानीय जनप्रतिनिधि विषयगत शाखा प्रमुख घटना व्यवस्थापक अस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला सामाजिक परिचालक तित बहादुर बिक तपेन्द्र बि क लागायतकाे सहभागिता रहेकाे थियाे ।
तीन दिने तालिमकाे सहजिकरण तालिम सहजकर्ता सुशीलराज गिरि र श्यामराज घिमिरे ले गर्नु भएकाे थियाे । तालिम समापनकाे संचालन आस्था नेपाल फिल्ड अधिकृत भ्वानसिह सार्किले गर्नुभएको थियो ।