उपाध्यक्ष नृप खड्काद्वारा विकास निर्माणका योजनाहरुको अनुगमनमा सक्रियता


पैरवी खबर

मेल्लेख असार ८ ।
अछामको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले बिकास निर्माणका याेजनाहरुकाे कामलाई आफुले साेेचे अनुसार काे हुनु पर्ने भन्दै अनुगमनमा सक्रियता बढाएका छन ।

मेल्लेख गाउँपालिकाकाे वडा अन्तर्गतमा रहेका याेजनाकाे निर्माण कार्य सम्पन्न भए पश्चात् विकासे याेजना काम के कसरी सम्पन्न भएका छन भन्दै अनुगमन मा तिब्रता दिएका हुन ।

मेल्लेख गाउँपालिका र प्रदेश सरकारकाे सहयाेगमा निर्माण कार्य सम्पन्न भैसकेका याेजनाहरुकाे मेल्लेख गाउँपालिका प्राविधिकहरु साथमा अनुगमन गर्ने कार्य मा तिब्रता दिइरहनु भएकाे छ । आज मेल्लेख गाउँपालिका वडा न. ४ कुस्काेट र वडा न. ८ हात्तिकोट मा निर्माण कार्य सम्पन्न भएका याेजनाकाे अनुगमन गरिएको छ ।

यस्तै हिजाे वडा न .१ र २ ऋषिदहमा सम्पन्न याेजना काे निर्माण कार्य बारे स्थलगत अनुगमन गर्नु भएकाे थियाे । याेजनाकाे अनुगमन पछि मात्रै रकम भुक्तानी हुने , पनि उपाध्यक्ष खडकाले बताएका छन ।