अछाम । मेल्लेख गाउँपालिका ८ हात्तीकोटमा शिक्षा ,स्वस्थ्यमा प्रमुख प्राथमिकता दिदै निति तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। आ व ०७९/०८० को निति तथा योजना तर्जुमा आज कुल बजेट २० लाख ६ हजार ५६ रुपैया प्रधानमन्त्री रोजगार कार्यक्रम को ५ लाख ४ हजार ५ सय ९५ बराबर को रकम विनियोजन गरिएको छ।
शिक्षा ,स्वस्थ्य युवा लक्ष्यित , दलित तथा महिला कृषि लक्ष्यित बजेट विनियोजन गरिएको छ । मेल्लेख गाउँपालिका ८ का वडा अध्यक्ष महेश ठ्कुल्लाको अध्यक्षत मा कार्यक्रम मा कार्यपालिका सदस्य सुनिता शाह ,अमृता सुनार वडा सदस्य निर्प आउजि , शालिभान साउद ,
नेकपा एमाले जिल्ला कमिटी सदस्य कमल साउद नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य कालु सिंह साउद,नेपाली काङ्ग्रेस मेल्लेख गाउँ कार्यसमिति सभापति खकिन्द्र बहादुर साउद नेपाली काङ्ग्रेस प्रदेश ख कार्यसमिति उपसभापति अर्जुन ढुंगाना क्षेत्रीय प्रतिनिधि डम्बर शाह नेकपा एमाले गाउँ कमिटी अध्यक्ष जगत साउद नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति दिलिप सुनार , नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष खम्म साउद नेकपा एस का प्रतिनिधि नरिभान भुल लगायत को उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन तथा सहजीकरण वडा सचिव गोविन्द रावलले गर्नु भएको थियो ।