लालबहादुर चदारा
जेठ १३
मेल्लेख : नयाँ निर्वाचित जनप्रतिनिधि आइसकेपछि कार्यपालिकाकाे पहिलो बैठक मल्लेख गाउँपालिकामा सम्पन्न भएकाे छ ।
नव निर्वाचित मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्षतामा भएकाे बैठकमा परिचयात्मक तथा नयाँ जनप्रतिनिधि बिच शुभकामना आदानप्रदान गरिएको छ ।
यस्तै मेल्लेख गाउँपालिकामा हाल सम्म बजेट खर्च तथा यस अघिकाे प्रगति विवरण सार्वजनिक गरिनुका साथै आगामि गरिने क्रियाकलाप बारे पनि छलफल ,गरिएकाे हो ।
गाउँपालिकाद्वारा संचालित २ वटा बस, एम्बुलेन्स जेसिबि ,मेसिन ,यातायात व्यवस्थापन गर्न मेल्लेख उपाध्यक्ष नृप खड्काकाे संयोजकत्वमा ७ सदस्यीय यातायात व्यवस्थापन समिति पनि गठन गरिएकाे छ ।
यस्तै मेल्लेख गाउपालिका अन्तर्गत सुत्केरी महिला हरुलाई बाहिर लिनु परेकाे अवस्थामा नि:शुल्क यातायात काे व्यावस्था गरिने , मधिरा नियन्त्रण तथा पूर्ण व्यवस्थापन गरिने,
मेल्लेखकाे दुर्गम बस्ती लाई मध्यनजर गर्दै वडा १, र २ ऋषिदह र वडा न ३ ठाटिकाे लागि एम्बुलेन्स सेवा सुचारु गरि सेवा दिने निर्णय गरेकाे छ ।
बैठकमा वडा न ८ का निवर्तमान वडा अध्यक्ष खकेन्द्र साउदकि ममतामयी आमा बसुदेवी साउद र वडा ६ का निर्वाचित वडा अध्यक्ष तिलक कडायत का बुबा मन्दिरे कडायतकाे निधन प्रति पालिकाले शोक पारित गरेकाे छ ।
यस अघिका अधुरा कामकाे निरन्तरता संगै अधुरा काम लाई तिब्रताका साथ अगाडी बढाउने , पालिकाबाट यसपछि प्रदान गरिने सेवा प्रवाह छिटो छरिताे जनतालाई सेवा प्रदान गरिने लगायत का बिषयमा छलफल गरिएको छ।
आगामी बर्षकाे लागि निति कार्यक्रम बार्षिक बजेट का बिषयमा पनि छलफल गरिएकाे हो । बैठकको समापनमा बाेल्दै मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउदले जनताको जनभावना अनुरुप काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन । यस अघि पनि मेल्लेख गाउँपालिकाको छुट्टै पहिचान रहेकाे भन्दै अब आफ्नाे कार्यकालमा मेल्लेख गाउपालिका बासिका सबै सपना पुरागरिने बताएका छन ।
बैठकमा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खडका , वडा अध्यक्ष हरु कार्यपालिका सदस्य हरुकाे उपस्थिति रहेकाे थियाे ।पहिलाे बैठक काे संचालन गा .पा. का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले गर्नु भएकाे थियाे ।