साँफेबगर :जिल्लाको साँफेबगर नगरपालिका वडा न.९ बुढाकोटका नव निर्वाचित जन प्रतिनिधिहरु अध्यक्ष दिपक कुँवर ,सदस्य लालगिरी कुवर,दुर्गा बिक , नरेन्द्र बहादुर कुवर , राधा देवी साउदले पदभार ग्रहण गर्नुभएको छ ।
९ न.वडा कार्यालय बुढाकोटमा उहाँहरुले नव निर्वाचित वडा अध्यक्ष ,वडा सदस्यज्युहरुको पदभार ग्रहण ,स्वागत तथा नि वर्तमानहरुलाई बिदाइ कार्यक्रमका बिच पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण गर्दै गर्दा अध्यक्ष कुवरले जनताको चाहना अनुसार अगाडि बढ्ने बताउनु भएको छ ।
अबको केहि महिना भित्र ऐराडा टोलमा बिजुली र सारङ्गे , लुयाटाको थापा टोल, छेपराना, चौरपिपलको भन्थान सम्म सडक जोडने , बुढाकोट मा.वि .को शैक्षिक गुणस्तर र स्तरोन्नति सङसंगै सबै टोलका प्रा.वि . हरुको स्तरोन्नति गर्ने बताउनु भएको छ ।