साँफेबगर :जिल्लाको साँफेबगर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र नगर उप प्रमुख शिवबहादुर कुँवर शिलोजले पदभार ग्रहण गर्नुभएको छ । नगर कार्यपालिकाको कार्यालय साफेबगरमा उहाँहरुले एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण गर्दै गर्दा नगर प्रमुख कुवरले जनताको चाहना अनुसार अगाडि बढ्ने बताउनु भएको छ ।
आर्थिक वर्ष भित्र साँफेबगर नगरपालिकाका १४ वटै वडामा घर -घरमा बिजुली र टोल -टोलमा सडक पुर्याउने , नगर भित्रका विपन्न वर्गका परिवारको मासिक २५ युनिट सम्मको महशुल नि:शुल्क गर्ने , टोल टोलमा खानेपानीका समस्या यथासिघ्र समाधान गर्ने , शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन कक्षा ३ र ५ को परीक्षा नगर स्तरीय गर्ने ,कृषि पेशालाई सम्मानित र आकर्षक बनाउन किसान विकास कोष सञ्चालन गरि व्यवसायिक किसानलाई कृषक परिचयपत्र वितरण गर्ने निर्णय गर्नुभएको छ ।