साफेबगर- १२ खप्तडमा नेपाली कांग्रेस जनक कडायत प्यानल सहित विजयी


पैरवी खबर

सागेबगर

साफेबगर नगरपालिका वडा नं १२ खप्तडमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जनक कडायत प्यानल सहित विजयी भएका छन ।
शनिबार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार जनक कडायतले ३३५ मत ल्याई विजयी हुनुभएको हो। उनका निकटम प्रतिद्वन्द्वी एमालेका धन बहादुर कडायतले २८८ मत पाएका थिए ।
अन्य सदस्यहरुमा रमेश कडायत ३४१,भिडि देवि रावल ३३७ मत ,लाल रावल ३३५ मत र पुजा ओड ३३७ मत ल्याई विजयी बिनिन ।
यस्तै खप्तडबाट नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार राजेन्द्र कुँवरले ३३७ मत, एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पशुपति कुँवरले २९० मत प्राप्त गर्नुभएको हो ।
उपप्रमुखमा समाजवादीका शिलोज कुवरले ३५२ र माओवादी केन्द्रका सुर्य चिन्ह लिई उम्मेदवार बनेका रंग ठकुल्लाले २५४ मत प्राप्त गरेका छन ।