साफेबगर- नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी बुढाकोटको बैठक सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी सदस्य दिपक कुवर प्रमुख अतिथि , पुस्पराज भट्ट बिशिस्ट अतिथि रहनुभएको थियो ।
नगर कमिटी सचिवालय सदस्य एव वडा इन्चार्ज अर्जुन कुवर , नगर कमिटी सदस्य लम्धर भट्ट , भक्त कुवर, मोहन बिक , कन्श साउद अतिथि रहनुभएको थियो ।
बैठकमा आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि अर्जुन कुवर, जानकी देवी साउद, झप्पर बहादुर थापा, दिपक कुवर , धुर्ब बहादुर थापा , नर बहादुर कुवर,पुस्पराज भट्ट , मोति बहादुर थापा , सर्जन बहादुर परियार लाई सिफारिस गरिएको छ ।
बैठकको संचालन नृप बिकले गर्नुभएको थियो ।