साफेबगर – साफेबगर नगरपालिकाको आयोजनामा अपांगता भएका (ग र घ ) बर्गका ब्यक्तिहरुलाई आर्थिक सहयोग सहायता वितरण कार्यक्रम
साफेबगर नगरपालिका २ न . वडा जाल्पादेवीमा सम्पन्न भएको छ ।
त्यहा रहेका ग र घ बर्गका ११ जना ब्यक्तिहरुलाई आर्थिक सहयोग वितरण गरिएको हो ।जसमा :गायत्री कुवर १२ हजार ,अन्जु बिष्ट १२ हजार , कमला कामी १२ हजार , हन्स भुल १२ हजार ,
प्रीन्का आउजी २२ हजार , हस्त बहादुर कुवर १२ हजार , निलेश बिक ९ हजार ,खिमा परियार १२ हजार , उमेश कोली ९ हजार , गरि जम्मा एक लाख २० हजार वितरण गरिएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख कुल कुवरले : केन्द्र सरकारले यी बर्गका ब्यक्तिहरुको माग सम्बोधन नगरेको ले स्थानीय सरकार साफेबगर नगरपालिकाले सम्बोधन गरेको बताउनु भएको छ ।
वडा अध्यक्ष कालू सिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति मीन ब कुवर , समाजसेवी सेत बहादुर कुवर ,वडा सदस्य तुले भुल , जमुना देवी भुल , साफेबगर न पा पञ्जिकरण शाखा प्रमुख देवसरा थापा ,पत्रकार तपेन्द्र कुवर, रमेश पुरुष , सरिता खड्काको सहभागिता रहेको थियो ।
वडा सदस्य तुले भुलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन वडा सचिव पुर्णराज उपाध्यायले गर्नुभएको थियो ।