कुँवर समाजको दोस्रो सम्मेलन तथा होली कार्यक्रम सम्पन्न


पैरवी खबर

कुँवर समाजको दोस्रो सम्मेलन तथा होली कार्यक्रम सम्पन्न भएको छ। उध्यान मंगलकार्यालय सदाशिपेठ भारतको पुनामा कुँवर समाजको दोस्रो सम्मेलन तथा होली कार्यक्रम सम्पन्न भएको हो। कुँवर समाजको दोस्रो सम्मेलन तथा होली कार्यक्रम संयोजक रमेश कुँवरको अध्यक्षतामा भएको थियो। सम्मेलनमा बरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुँवर, उपाध्यक्ष कुल बहादुर कुँवर, कोषाध्यक्ष मेघराज कुँवर, सहकोषाध्क्ष हेमराज कुँवर बाब्ला सहसचिव डेबिट कुँवर, शुनिल कुँवर संतोष लगाएतका सदस्यहरुको उपस्थिति रहेको थियो। सम्मेलन मार्फत समितिले भाईचाराको सम्बन्ध कायम रहोस र भारत भरी रहेका कुँवर दाजुभाइहरुलाई समाजमा समावेस गराउने निर्णय गरेको छ। सम्मेलनले राजेश कुँवर बखजन बरिष्ठ सल्लाहकार रहने गरी समिति गठन पछि गाउँको परापूर्व काल देखि मनाउदै आई रहेको होलीपर्व र देउडा खेल खेली यो कार्यक्रम समापन गरीएको थियो। कुँवर समाज सेवा समिति प्रवासमा कार्यसमिति चयन गरीएको थियो। कार्यक्रममा स्वागत मन्तब्य समितिका कोषाध्यक्ष मेघराज कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव जिम्माल पुरना कुँवरले गर्नु भएको मुखिँया टोपराज कुँवरले जानकारी दिनु भयो।